२३ असार २०८३, मंगलबार

'विपद् जोखिम व्यवस्थापनमा तीनै तहका सरकार उदासीन'

'विपद् जोखिम व्यवस्थापनमा तीनै तहका सरकार उदासीन'
फाइल तस्बिर

सरोकारवालाहरूले सरकारले विपद् जोखिम व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राख्न नसकेको आरोप लगाएका छन् । विपद् जोखिम न्यूनीकरणमा काम गर्दै आएका सरोकारवालाहरूले बाढी पहिरो, डुबान, भूकम्प जस्ता विपद्को उच्च जोखिममा रहेको भन्दै आवश्यक पूर्व तयारीमा तीनै तहका सरकारले नजरअन्दाज गर्दै आएको आरोप लगाएका हुन् । 

उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारले विपद् व्यवस्थापन कोषको पैसालाई रकमान्तर गरी अन्य शीर्षकमा खर्च गर्ने गरेको आरोप पनि लगाए । लामो समयदेखि सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा काम गर्दै आएका राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल (निड्स नेपाल) का कार्यकारी निर्देशक भवराज रेग्मीले सरकारले विपद् जोखिम व्यवस्थापनलाई प्राथमिकतामा नै नराखेको गुनासो गरे । 

उनले विपद् पूर्वतयारीमा सरकारको ध्यान नजाँदा बाढी र डुबानका कारण वर्षैपिच्छे विस्थापित हुनेहरूको संख्या बढ्दै गएको बताए । ​

निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले भूकम्पविद्हरूले नेपालको पश्चिम क्षेत्रमा कुनै पनि समय ठूलो भूकम्प जानसक्ने भन्दै पूर्व शर्तकतामा बस्न सरकारको ध्यानाकर्षण गराउँदै आए पनि स्थानीय र प्रदेश सरकारले त्यससम्बन्धी आवश्यक तयारी गर्न नसकेको उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्