१९ असार २०८३, शुक्रबार

बिजुलीको खम्बाबाट खसेर एक जनाको मृत्यु

बिजुलीको खम्बाबाट खसेर एक जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।​

किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा  खम्बाबाट खसेर सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किरन राना घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब मुकुन्द रिजालले बताए । गम्भीर घाइते भएका रानाको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्