१० साउन २०८३, आइतबार

गरीब परिवार पहिचान २ वर्षभित्रै, वडा तहमा सहुलियत खाद्यान्न पसल सञ्चालन गरिने

गरीब परिवार पहिचान २ वर्षभित्रै, वडा तहमा सहुलियत खाद्यान्न पसल सञ्चालन गरिने

सरकारले गरीब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यलाई २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रवार प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा उल्लेख गरेका हुन् ।

उक्त परिचय पत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्दै सामाजिक सुरक्षा कार्डका रूपमा रूपान्तरण गरिने पनि राष्ट्रपति पौडेलले जनाए ।

विपन्नहरूलाई लक्षित गरी वडा तहमा सहुलियत खाद्यान्न पसल सञ्चालन गरिने पनि राष्ट्रपति पौडेलले उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्