२५ जेठ २०८३, सोमबार
नीति तथा कार्यक्रम

यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताए ।

यस्तै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।

विगत २९ वर्षदेखि चर्चामा रहेको यो विमानस्थल निर्माणको प्रक्रिया शुरु भए पनि वातावरणीय विषयलाई लिएर निर्माण प्रक्रियाले गति लिनसकेको छैन । सरकारले निजगढ विमानस्थललाई प्राथमिकतामा राखेको छ ।

करिब एक हजार नौ सय हेक्टर क्षेत्रफलमा विमानस्थल बनाउने योजना छ । कुल तीन हजार छ सय मिटर लामो र ६० मिटर फराकिलो धावनमार्ग हुने विमानस्थल निर्माणपछि वर्षमा छ करोड यात्रुको चाप थेग्ने अनुमान गरिएको छ । निजगढ विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित रु एक खर्ब २० अर्ब लाग्ने जनाइएको छ ।

प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माणकार्य अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । ​

त्यसैगरी हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिनुका साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति गर्ने जनाइएको छ । निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याइनेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्