
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सरकारको नीति कार्यक्रम कर्मकाण्डी भएको बताएका छन् ।
कार्यक्रमपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै परियारले आर्थिक जटिलतालाई सम्बोधन गर्ने कार्यक्रम नआएको टिप्पणी गरेका हुन् ।
‘आर्थिक जटिलतालाई समेटिएको छैन । बजेटमा धेरै कुरा आउला । तर हरेक वर्ष बजेट बनाउँदा घोषणा गर्ने तर कार्यान्वयन नहुने परम्परा छ’ उनले भने, ‘यसको कार्यान्वयन, समाजको विकास, नागरिकका जीवनमा बदलाव आउनुपर्छ । अमूर्त कुरा गरेर हुँदैन । आार्थिक संकट र राजनीतिक संक्रमणमा छौं । यस्तो कार्यक्रमले चुनौतीलाई सामना गर्दैन ।’
सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा फरक नभएको उनले बताए । पहिलेकै जस्तो कार्यक्रमका विषयलाई तलमाथि गरिएको उनको टिप्पणी छ।