१५ असार २०८३, सोमबार

अमेरिकालाई अझै धेरै उपहार पठाउनेछौं : उत्तर कोरिया

कात्तिक २०, २०७४
अमेरिकालाई अझै धेरै उपहार पठाउनेछौं : उत्तर कोरिया

काठमाडौं, २१ भदौ — उत्तर कोरियाका एक शीर्ष कूटनीतिज्ञले अमेरिकालाई ‘अझै धेरै उपहार प्याकेज’ पठाउन आफूहरू तयार रहेको बताएका छन् ।


‘मेरो देश उत्तर कोरियाले हालै गरेको आत्मरक्षा अभ्यास अमेरिकालाई पठाइएको उपहार प्याकेज हो,’ हानले निःशस्त्रीकरणसम्बन्धी एक सम्मेलनमा बताए । उनको संकेत हालैको हाइड्रोजन बमप्रति थियो ।

मंगलवार दक्षिण कोरियाको राष्ट्रिय जासूसी सेवाले उत्तर कोरिया अन्तर्महादेशीय क्षेप्यास्त्र बनाउने काममा लागेको बतायो । क्षेप्यास्त्रको प्रोजेक्टाइल र यो कसरी ढुवानी हुन्छ भन्ने विषय प्रस्ट हुन सकेको छैन ।

यसैबीच अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले उत्तर कोरियासँग ६० भन्दा बढी आणविक बम रहेको र त्यसलाई अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रमा फिट गर्न सकिने बताएको छ ।

उत्तर कोरियाको सञ्चारमाध्यमले पनि आफ्नो देशले लाखौं अमेरिकीहरूलाई मार्नका लागि आणविक हतियार नै प्रयोग गर्नु नपर्ने बरू इलेक्ट्रोम्याग्नेटिक पल्सले नै काम गर्ने बतायो । अमेरिकाको ठूलो क्षेत्रमा रहेको पावर ग्रिड ध्वस्त भएमा त्यसका कारण छोटो समयमै धेरै ठूलो हताहती हुने सम्भावना छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्