१० असार २०८३, बुधबार

लागुपदार्थ सेवन गरेर मोटरसाइकल चलाउने ५ जना पक्राउ

लागुपदार्थ सेवन गरेर मोटरसाइकल चलाउने ५ जना पक्राउ

लागुपदार्थ सेवन गरेर मोटरसाइकल चलाउने ५ जना पक्राउ परेका छन् ।  काठमाडौँको कीर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरेर मोटरसाइकल चलाउने ५ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा लु ८२ प ७३ ९६ नम्बरका मोटरसाइकल चालक काठमाडौँको कीर्तिपुर बस्ने २१ वर्षीय सनिश जोशी, बागमती प्रदेश ०२ -०२४ प ९२ ८३ नम्बरका मोटरसाइकल चालक काठमाडौँकै रामकोट बस्ने २० वर्षीय सन्देश शाही र  बा ३ प ६६ ४४ नम्बरको मोटरसाइकल चालक ललितपुरको बालकुमारी बस्ने ४० वर्षीय रवी महर्जन रहेका छन् । 

यसैगरी बा ३५ प ९१ १३ नम्बरका मोटरसाइकल चालक न्युरोड बस्ने २२ वर्षीय शोभन शर्मा र  बा ८४ प ४२ ८८ नम्बरको मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने २६ वर्षीय दिप जंग रेग्मी रहेको ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 
 
नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले आज ‍ २३ वटा सवारी साधन चेक गर्दा ‍लागुपदार्थ सेवन गरी  सवारी साधन चलाउँदै गरेका ५ जना मोटरसाइकल चालक फेला पारेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्