२५ जेठ २०८३, सोमबार
मोदी सरकारको निर्णय

भारतले किन २ हजार दरको नोट प्रचलनमा नल्याउने निर्णय लियो ?

जेठ ५, २०८०
भारतले किन २ हजार दरको नोट प्रचलनमा नल्याउने निर्णय लियो ?

भारत सरकारले २ हजार दरको नोट चलनचल्तीमा नल्याउने निर्णय गरेपछि यसबारे बहस सुरु भएको छ ।

भारतीय राजनीतिज्ञदेखि आर्थिक क्षेत्रसम्म यसबारे बहसमा उत्रिएका छन् । यही क्रममा  आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले नोटबन्दी गर्ने र खुलाउने प्रथाको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको भन्दै कटाक्ष गरेका छन् । 

उनले सरकारले मनपरी ढंगले नभई विज्ञको रायको आधारमै यो निर्णय मोदीले  लिएको विश्वास व्यक्त गरे।  पछिल्लो समय मोदीले २ हजार नोटलाई चलनचल्ती बाहिर गर्ने निर्णय लिए पनि यसको कुनै फाइदा आफूले नदेखेको उनको भनाइ छ । 

यसैगरी कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री पी चिदम्बरम्ले मोदीको यो स्वाभाविक निर्णय भएको प्रतिक्रिया दिएका छन् । उनले यो नोट चलनचल्ती बाहिर हुने आफूले पहिले नै अनुमान गरेको बताए । 

भारतले नोभेम्बर २०१६ को राति एकाएक ५०० र एक  हजार दरका नोटमा बन्देज लगाएको थियो ।  नरेन्द्र मोदी सरकारले एकाएक नोटबन्दीको निर्णय लिएपछि भारतमा हल्लीखल्ली मच्चिएको थियो । 

कालोधन नियन्त्रणका लागि भन्दै नोटबन्दी गरिएपछि भारत सरकारले गुलाबी रंगका २ हजार दरको नोट जारी गरेको थियो । 

८ नोभेम्बरको राति प्रधानमन्त्री मोदीले नोटबन्दीको घोषणा गरेका थिए  । यसपछि भारतीय रिजर्व बैङ्कले २ हजार र पाँच सय रुपैयाँको नयाँ नोट जारी गरेको थियो । 

हालैका वर्षमा ५०० का नोट निकै प्रचलनमा रहेको छ । तर, एटीएमदेखि बैंकसम्म २ हजार दरका नोटको प्रचलन खासै नहुने भन्दै प्रश्नहरू उठ्ने गरेका थिए । 

यही क्रममा सन् २०२१ मा तत्कालीन वित्त राज्यमन्त्री अनुराग ठाकुरले केन्द्रीय बैङ्कले २०१९ र २० मा २ हजार दरको नयाँ नोट नछापेको बताएका थिए । 

२ हजार दरका नोटको विषयमा सवाल उठिरहँदा शुक्रवार भारत सरकारले २००० हजार दरका नोट नै  अब प्रचलनमा नआउने घोषणा गरेको हो । 

सेप्टेम्बर ३० पछि के हुन्छ ?

भारतीय केन्द्रीय बैंकले सेप्टेम्बर ३० भित्र २ हजार दरको नोट बैंक खातामा जम्मा गर्न वा बदल्न सकिने व्यवस्था गरेको छ । तर, सेप्टेम्बर ३० पछि नोट वैध हुने या नहुने भन्नेबारे प्रष्ट पारेको छैन । 

२ हजार दरको नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा भएको थियो । त्यतिबेला ६.७३ करोड सर्कुलेशन थियो । यस्तै ३१ मार्च २०२३ मा यसको सर्कुलेशन मात्र ३.६३ करोड रहेको समाचारमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्