१२ साउन २०८३, मंगलबार

सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध, अवज्ञा गरे कारबाही

जेठ ६, २०८०
काठमाडौं
सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध, अवज्ञा गरे कारबाही

झापा गाउँपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको छ। सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेकाले प्रतिबन्ध लगाएको गाउँपालिकाले जनाएको छ ।​

कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँलगायतका सामग्री सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको हो । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शुक्रवार सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकमा जथाभाबी बिस्कुन नसुकाउन आग्रह गरेका हुन् । “कृषिजन्य उपजका बिस्कुन सुकाइएका कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाइ भएको तथा दुर्घटनाको जोखिम बढेकाले सो कार्य नगर्न र नगराउन सूचित गरिन्छ” सूचनामा भनिएको छ ।

सूचनाको अवज्ञा गरी बिस्कुन सुकाएमा सडकमा हुने दुर्घटना जन्य घटनाको जिम्मेवार स्वयम् सुकाउने व्यक्ति नै हुनुपर्ने सूचनामा भनिएको छ ।

विशेषगरी पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका सामग्री विगत लामो समयदेखि सडकमा सुकाउने गरेको पाइन्छ । कचनकवल, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका लगायतका भित्री सडकमा बिस्कुन सुकाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्