
गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै घर पछाडि काम गरिरहेका बेला पौडेललाई आज बिहान ११ बजे गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११ः४५ बजे मृत्यु भएको हो ।
यस्तै गैँडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका छन् । रेग्मी सामान्य घाइते भएको र उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ ।