२३ असार २०८३, मंगलबार

यातायात मन्त्रीको दाबी – एक हप्ताभित्र लाइसेन्स पाउने व्यवस्था हुन्छ

यातायात मन्त्रीको दाबी – एक हप्ताभित्र लाइसेन्स पाउने व्यवस्था हुन्छ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।

पूर्व अरनिको यातायात प्रालिले आजदेखि सञ्चालनमा ल्याएको निःशुल्क स्कूल बस सेवाको उद्घाटन गर्दै उनले लाइसेन्स प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताए । “सवारी चालक अनुमतिपत्र लिन घण्टौं लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष कुर्नुपर्नेजस्ता यहाँभित्रका धेरै बेथिति केलाएका छौं, त्यसको अब अन्त्य गर्छौं, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौं ।” मन्त्री ज्वालाले भने ।

नागरिकले लाइसेन्स समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेसिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए ।

कतिपय व्यवस्थालाई परिवर्तन गर्न कानून नै बाधक बन्ने र त्यस्ता कानूनलाई संशोधन गरेर सहज बनाउँदै लानुपर्ने बताउँदै मन्त्री ज्वालाले भने, “अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण पाँच वर्षमा गर्नुपर्ने कानूनी व्यवस्था छ, त्यसलाई संशोधन गरी १० वर्ष पुर्‍याउने भएका छौं, त्यसको प्रक्रिया पनि अगाडि बढाएका छौं, स्मार्ट लाइसेन्सको अवधि २० वर्ष तर नवीकरण गर्नुपर्ने व्यवस्था पाँच वर्षमा गर्दा व्यवहारिक पनि भएन, त्यसैले अब नवीकरणलाई १० वर्षमा गर्ने व्यवस्था गर्न लागेका हौं ।”

सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरी राष्ट्रलाई समृद्धितर्फ लैजान आफू लागिरहेको उनको भनाइ थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्