१२ असार २०८३, शुक्रबार

काठमाडौँ हिँडेकी महिला भद्रपुर विमानस्थलबाट पक्राउ, सेनेटरी प्याडमा ब्राउन सुगर बरामद

काठमाडौँ हिँडेकी महिला भद्रपुर विमानस्थलबाट पक्राउ, सेनेटरी प्याडमा ब्राउन सुगर बरामद

झापाको भद्रपुर विमानस्थलबाट १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । भित्री वस्त्र पेन्टीभित्र सेनेटरी प्याडमा लुकाएर काठमाडौँ लैजान लागिएको ब्राउनसुगर सहित प्रहरीले कमल गाउँपालिका वडा नम्बर ७ घर  काठमाडौँको नारायणस्थान बस्ने एन्जल राईलाई शनिवार पक्राउ गरेको हो। 

यति एयरलाइन्सद्वारा काठमाडौँ जान लागेकी उनले प्याडको बिच भागमा प्लास्टिकमा पोको पारी १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर लैजान खोजेको सुरक्षा चेकजाँचका क्रममा पाइएको थियो ।  

राईलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्