१८ असार २०८३, बिहीबार

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आइतवार बिहान २ः५९ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्