२९ जेठ २०८३, शुक्रबार

ओली संसदलाई सम्बोधन गर्दै, खोल्लान् त भुटानी शरणार्थी प्रकरणको रहस्य  ?

ओली संसदलाई सम्बोधन गर्दै, खोल्लान् त भुटानी शरणार्थी प्रकरणको रहस्य  ?

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे वैशाख ४ गतेको संसद् बैठकमा आफूले तथ्य–प्रमाणसहित बोल्ने अभिव्यक्ति बताएका थिए । वैशाख २८ गतेको पार्टीको केन्द्रीय समिति बैठकमा यो विषयको रहस्य खोल्ने उनको भनाइ थियो । 

तर, वैशाख ४ गतेको बैठकमा ओली संसदमा उपस्थित नै भएनन् । स्वास्थ्यको कारण देखाउँदै संसदमा उपस्थित नभएका ओलीले ठिक हुने बित्तिकै आफूले संसदमा बोल्ने बताएका थिए । 

सोहीअनुसार ओलीले  आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा बोल्ने तयारी गरेका छन् । 

आइतबार नीति तथा कार्यक्रममा छलफल गर्नु पूर्व विशेष समय लिएर ओलीले प्रतिनिधिसभामा बोल्ने तयारी गरेका हुन् । 

ओलीले शनिवार बसेको पार्टीको संसदीय दलको बैठकका आइतबार संसदमा बोल्ने जानकारी गराएका  हुन् । 

यस अघिदेखि नै ओलीले यो ठगी प्रकरणका धेरै पाटाबारे आफूले बोल्ने बताउँदै आएकाले उनले साँच्चै रहस्य खोल्लान् त भन्ने चासो छ ।

‘शरणार्थीका नाममा कहाँको को मान्छेलाई नक्कली शरणार्थी बनाएर पठाइयो भन्नेबारे बोल्छु, कसले पठायो र यसमा को–को संलग्न छन् भन्ने तथ्य पनि प्रस्तुत गर्ने कोसिस गर्छु ।’ केन्द्रीय समिति बैठकमा ओलीले भनेका थिए ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ भने हालसम्म १६ जना पक्राउ परिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्