२६ असार २०८३, शुक्रबार

कानमा रौं पलाएको छ ? यस्तो रोग लागेको संकेत हुन सक्छ

कात्तिक २०, २०७४
कानमा रौं पलाएको छ ? यस्तो रोग लागेको संकेत हुन सक्छ


कानमा रौं पलाउनुले मुटुरोगको संकेत दिन्छ भन्दा तपाईंलाई आश्चर्य लाग्ला । अझ कानको लोतीमा चिरा परेको छ भने त मुटुरोगको लक्षण हो ।

अनुसन्धाताहरूले टेस्टोस्टेरोन स्तर र हृदयघातका बीचको सम्पर्क पत्ता लगाएका छन् । 

अनि पुरुषको कानको लोतीमा चिरा परेको छ भने मुटुको कोरोनेरी धमनीको रोग लागेको अनुसन्धानले पत्ता लगाएको छ । 

त्यस्तै कानमा थुप्रो रौं हुनुले टेस्टोस्टेरोनको स्तर देखाउँछ । धेर टेस्टोस्टेरोन हुने मान्छेलाई हृदयघातको सम्भावना हुन्छ । त्यसैले कानको रौंबाट रोगको पूर्वानुमान गर्न सकिन्छ । 

तपाईंले कानको रौं हटाउने नयाँ कारण भेट्नुभयो होला ।

salt training

कमेन्ट गर्नुहोस्