
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति कार्यक्रमबाट संघीय शब्द हटाउन माग गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै केसीले संघीयताविरुद्ध जनतम तयार भएकाले कार्यक्रमको बुँदा नम्बर १ मा रहेको संघीय शब्द नै हटाउन माग गरेका हुन् ।
‘यो कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द उल्लेख छ । यसलाई हटाउनुपर्छ भन्ने माग पार्टीको तर्फबाट गर्न चाहन्छु’ केसीले भने, ‘संघीयताको विरुद्धमा जनमत बढीरहेको छ । यसैले अब देशले संघीयताको भारी थेग्न सक्दैन । यो भारीले लोकतन्त्र, गणतन्त्रलाई समेत सिध्याउने खतरा छ । यसैले हामी शतर्क हुनुपर्छ ।’