०१ साउन २०८३, शुक्रबार

माधव नेपालको जिल्लामा एमालेका दुई उम्मेदवार

कात्तिक २०, २०७४
माधव नेपालको जिल्लामा एमालेका दुई उम्मेदवार

रौतहट, २१ भदौ - रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा एमालेका दुई जना उम्मेदवारले टिकट पाएका छन् । दुईजनाले टिकट लिएर आएप्छि कुन चाहिँ आधिकारि हो भन्नेमा कार्यकर्ताहरुमा अन्योलता छाएको छ ।

एमाले नेताहरु उद्दव रेग्मी र बाबुराम दाहालले मेयरको टिकट लिएर पुगेका छन् । दुबैको टिकटमा एमाले नेता तथा दुई नम्बर संयोजक सत्यनारायण मण्डलको हस्ताक्षर छ ।

रेग्मीको टिकट एमालेको लेटरप्याडमा छ भने दाहालको टिकट निर्वाचन आयोगको उम्मेदवार मनोनयन फारममा रहेको छ । रौतहट एमाले नेता माधवकुमार नेपालको जिल्ला हो ।

दाहाल नेपाल पक्षका हुन भने रेग्मी एमाले अध्यक्ष ओली पक्षका नेता हुन् । यसरी दुई जनाले टिकट लिएर गएपछि कसलाई आधिकारिक मान्ने भन्ने अन्योल सिर्जना भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्