०१ असार २०८३, सोमबार

अदालतको आदेशपछि नेपाल आइडल आउँछ कि आउँदैन ? यसो भन्छन् निर्देशक

कात्तिक २०, २०७४
अदालतको आदेशपछि नेपाल आइडल आउँछ कि आउँदैन ? यसो भन्छन् निर्देशक

काठमाडौं, २१ भदौ - एपीवान टेलिभिजनबाट प्रशारण हुने 'नेपाल आइडल' नामक चर्चित 'रियालीटी सो 'को भोट गन्ने काम रोक्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टले भदौ २३ गते दुबै पक्षलाई छलफलमा बोलाएका छन् । २३ गते सम्म भोट गन्ने काम नगर्न समेत अदालतले आदेश दिएको छ ।

तर आदेशमा भोट माग्न र नेपाल आइडल कार्यक्रम बन्द गर्ने वा नगर्ने भन्ने विषयमा कुनैपनि आदेश दिइएको छैन । यसबारेमा प्रतिक्रिया लिन खोज्दा नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले विहिवारसम्म कुर्न अनुरोध गरे ।

उनले अदालतको आदेशको विषयमा कुनैपनि प्रतिक्रिया दिएनन् भने जिज्ञासा पनि भोलि नै मेटिने बताए । ' भोलिसम्म कुर्नुस न सबै थाहा भइहाल्छ, अहिले यो विषयमा केही पनि नबोलौं,' उनले भने ।

अदालतले कुनैपनि संचार माध्यमको कार्यक्रम प्रशारण रोक्न आदेश दिन सक्दैन । त्यसैले कार्यक्रम आउने सम्भावना रहन्छ । पछि भोट गन्ने गरि नेपाल आइडलले भाेट माग्न पनि सक्ने सम्भावना देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्