२३ असार २०८३, मंगलबार

ऋषि धमलापत्नी हिरोइन बन्दै, फिल्ममा श्रीमान् आउट

कात्तिक २०, २०७४
ऋषि धमलापत्नी हिरोइन बन्दै, फिल्ममा श्रीमान् आउट
काठमाडौं,२१ भदौं– पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम ‘अनुराग’ फिल्ममा हिरोइन बन्दैछिन् । दुई बच्चाकी आमा एलिजा हिरोइन बन्ने आफ्नो सपना पूरा भएकोमा निकै खुशी देखिन्छीन् । उनी भन्छिन् ‘ ऋषिजीसँग बिहे हुनु अघिदेखिको मेरो सपना हिरोइन बन्ने थियो ।’


सांगीतिक प्रेमकथामा आधारित नेपाली फिल्म ‘अनुराग’मा निर्मात्री र हिरोइन दुबै एलिजा नै हुन् । श्रीमान् ऋषिको मुख्य सहयोगका कारण नै फिल्म खेल्ने मौका मिलेको एलिजा बताउँछिन् । श्रीमान् धमला भने फिल्ममा नदेखिने एलिजाले लोकान्तरलाई जानकारी दिइन् । उनले भनिन् ‘वहाँको कार्यक्षेत्र नै फरक रहेका कारण पनि फिल्म नखेलेको हो ।’

एलिजा अहिले फिल्मको सुटिङपूर्व वर्कसपमा व्यस्त छिन् । उनी वर्कसपमै डान्स र अभिनयमा ब्यस्त भइरहेकी छिन् । अनुराग एक सांगीतिक समूहको नाम रहेको र उक्त फिल्म लभस्टोरीमा आधारित रहेको एलिजाले जानकारी दिइन् ।  फिल्मको सुटिङ आउने छठपर्व सकिए लगतै शुरु गर्ने निर्माणपक्षले जनाएको छ ।
 
फिल्मको निर्माणको बजेट करिब एक करोड रहेको छ भने फिल्मको सुटिङ काठमाडौं, इलाम र पोखरामा गर्ने निर्माणपक्षले जनाएको छ । फिल्ममा कलाकार दिपक घिमिरे, एलिजा गौतम, सरोज खनाल, रुपा राना आदिको अभिनय रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्