
कराँतेका प्रशिक्षक काजीमान श्रेष्ठले बिहीवार गाडी फिर्ता गर्ने सहमति गरेका छन् । फुल कन्ट्याक्ट बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने सहमति गरेका छन् ।
गाडी धनी जीवन पाण्डेलाई आगामी मंगलवारसम्ममा गाडी फिर्ता गर्ने सहमति गरेका हुन । पाण्डेको नाममा रहेको गाडी फिर्ता नगरेको भन्दै राष्ट्रिय खेलकुद परिषमा उजुरी परेको थियो ।
उजुरीपछि श्रेष्ठले आफ्नो कमी कमजोरी स्वीकार गर्दै गाडी फिर्ताको सहमति गरेका हुन ।
आफ्नो गाडी चोरी गरेको भन्दै गाडीधनी पाण्डेले प्रमाणसहित परिषद्मा मंगलवार उजुरी दिएका थिए ।
गाडी धनी पाण्डेले आफ्नो नाममा दर्ता रहेको बागमती प्रदेश ०१–०२६–७७२१ नम्बरको निशान कम्पनीको डास्टुन रेडी गो गाडी पटक–पटक माग्दा पनि नदिएपछि उजुरी दिएका थिए ।
उजुरीपछि श्रेष्ठले साथीलाई चलाउन दिएको गाडी फिर्ता लिने सहमति गरेका छन् । श्रेष्ठले साथीसँगको हिसाव मिलाउ बाँकी रहेकोले मंगलवार भित्र हिसाव मिलाएर गाडी फिर्ता गर्ने बताए ।