२४ असार २०८३, बुधबार

‘सक्किगोनि’को नयाँ सिजनको प्रसारण सुरु, कस्तो छ पहिलो एपिसोड ?

‘सक्किगोनि’को नयाँ सिजनको प्रसारण सुरु, कस्तो छ पहिलो एपिसोड ?

चर्चित हास्य टेलिश्रृङखला ‘सक्किगोनि’को तेस्रो सिजनको प्रसारण सुरु भएको छ । 

बिहीवार टेलिश्रृङखलाको पहिलो एपिसोड प्रसारणमा आएको हो । अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले यस टेलिश्रृङखलाको लेखन एवं निर्देशन गर्दै आएका छन् । शीर्ष भूमिकामा उनीहरूको अभिनय समेत रहँदै आएको छ । 

तेस्रो सिजनको पहिलो एपिसोडमा यसअघिका अधिकांश कलाकारहरू छन् । ‘जिग्री’लाई भने पहिलो एपिसोडमा देख्न पाइएको छैन ।

‘सक्किगोनि’को पहिलो एपिसोड मनोरञ्जनात्मकसँगै सन्देशमूलक समेत बनाइएको छ । अस्पतालहरूले बिरामीलाई कसरी ठगिरहेको हुनसक्छन् भन्ने सन्देश रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । ‘कतै हाम्रा अस्पतालहरू जेल त बनिरहेका छैनन् ?’ भन्दै अन्तिममा राज्यलाई प्रश्न सोधिएको छ ‘सरकार, जनताले सर्वसुलभ स्वास्थ्य सुविधा कहिले पाउने ?’

salt training

कमेन्ट गर्नुहोस्