२८ जेठ २०८३, बिहीबार

समीक्षालाई गीतको ओइरो, एकैदिन चार वटासम्म रेकर्ड गर्न थालिन्

समीक्षालाई गीतको ओइरो, एकैदिन चार वटासम्म रेकर्ड गर्न थालिन्

समीक्षा अधिकारीले १३ वर्षको उमेरमा ‘बालापनको उमेर’बोलको फिल्मी गीत गाएर सांगीतिक क्षेत्रमा पाइला राखेकी थिइन् । 

उनले गाएको पहिलो गीत नै सुपरहिट भयो । उनको व्यस्तता भने ‘माया मारेर’बोलको गीत गाएपछि बढेको हो । उक्त गीत गाएपछि समीक्षाले दैनिक ५ वटासम्म गीत  रेकर्ड गराउने गरेकी थिइन् । स्टेजसम्म उनी छाउने गरेकी थिइन् । उनका ‘नबोली नबोली’, ‘धनगढीको बसमा’, ‘पछयौरी लिसियो’, ‘सुर्ति माड्दै माड्दै’ जस्ता थुप्रै गीतले बजार पिटेका थिए । 

साङ्गीतिक करिअरले लोभलाग्दो उचाइ लिइरहेको समयमा व्यक्तिगत जीवनसँग जोडिएको घटनाले गर्दा उनी डेढ वर्षअघिबाट समस्यासँग गुज्रिन पुगिन् । सामाजिक सञ्जालमा उनीविरुद्ध गाली प्रहार हुन थाल्यो । उनले गीत गाउन दिनेहरू देखिएनन् । स्टेज कार्यक्रमतिर उनको डिमाण्ड ठप्पै हुन पुग्यो । तर, पछिल्लो केही समययता समीक्षा पहिलेझैँ व्यस्त बन्न थालेकी छन् । 

अहिले समीक्षाले हरेक दिन नयाँ-नयाँ गीत रेकर्ड गराइरहेकी छिन् । चर्चित कलाकारहरूसँग उनले गीत गाइरहेकी छिन् । बिहीवारमात्रै उनले ४ वटा गीत रेकर्ड गराएको जानकारी दिएकी छिन् । उनले स्वर दिनका गीतहरू दिनहुँजसो युट्युबमा सार्वजनिक हुन थालेका छन् । शुक्रवारमात्रै पनि उनको स्वरमा पशुपति शर्माको चर्चित गीत ‘आफ्नो आफ्नो दुःख’को फिमेल भर्सन सार्वजनिक भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्