०१ असार २०८३, सोमबार

कांग्रेसले प्रदेश नं. २ मा नेतादेखि व्यापारीसम्मलाई उम्मेदवार बनायो

कात्तिक २०, २०७४
कांग्रेसले प्रदेश नं. २ मा नेतादेखि व्यापारीसम्मलाई उम्मेदवार बनायो

काठमाडौँ, २२ भदौ- कांग्रेसले प्रदेश नं. २ मा नेतादेखि व्यापारीका परिवारसम्मलाई उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, नेतानिकटदेखि गुटगत रूपमा पनि टिकट दिइएको छ । राजनीतिमा सक्रिय नभएकालेसमेत टिकट पाएका छन्, नयाँ पत्रिकामा खबर छ ।congress flag

प्रदेश नं. २ मा टिकट वितरणमा नेता विमलेन्द्र निधि सबैभन्दा बढी सक्रिय भए । सभापति शेरबहादुर देउवाले नै उनीसहित महामन्त्री डा. शशांक कोइरालालाई टिकट दिने जिम्मेवारी सुम्पिएका थिए । शशांकलाई मात्र छलफलमा सहभागी गराइएपछि टिकट छलफलको अवधिभर पौडेल पक्षमै असन्तुष्टि रह्यो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा देउवा पक्षकै जिल्ला सभापति छन् । आफ्नो पकड रहेका क्षेत्र वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिकामा नेता निधिले आफूनिकटका नेतालाई टिकट दिलाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्