०४ असार २०८३, बिहीबार

‘महागठबन्धन’को प्रयास विफल, दलहरू एक्लाएक्लै भिड्दै

कात्तिक २०, २०७४
‘महागठबन्धन’को प्रयास विफल, दलहरू एक्लाएक्लै भिड्दै
काठमाडौँ, २२ भदौ- स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको ‘महागठबन्धन’बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलहरूको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन ।nomination (1)

तीनवटा स्थानीय तहबाहेक सबैमा दलहरूले आ–आफ्ना उम्मेदवारी दिएका छन् । धनुषाको मिथिला र बाराको निजगढमा कांग्रेस र माओवादी केन्द्र तथा सप्तरीको रूपनी गाउँपालिकामा राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ । त्यसबाहेक अन्य स्थानका प्रमुख पदमा सबै दल एक्लाएक्लै भिडदै छन्, कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्