काठमाडौँ, २२ भदौ- वैदेशिक रोजगार विभागले हिसाबकिताब नबुझाउने ३० म्यानपावरलाई कारबाही गरेको छ ।
विभागले बढी लागत खर्च लिने ५ वटा म्यानपावरको कामकारबाहीमा रोक लगाएको छ ।

विभागका महानिर्देशक विश्वराज पाण्डेका अनुसार शून्य लागतको अवस्था पत्ता लगाउन विभागले मागेको हिसाबकिताब नबुझाएका म्यानपावरलाई कारबाही गरिएको हो, कान्तिपुरमा खबर छ ।
‘स्पष्टीकरण नबुझाउनेलाई एक लाख र स्पष्टीकरण बुझाउनेलाई ५० हजार रुपैयाँ जरिवाना गरी सचेत गराइएको छ,’ महानिर्देशक पाण्डेले भने ।