जेठ १४, २०८०
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ करोड ६ लाख बिगो दाबीसहित कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । नेपाल, भारत चीनलगायत अन्य देशहरूमा दुर्लभ वन्यजन्तुको छा...
रौतहट | जेठ १३, २०८०
मलेसियामा मृत्यु भएका रौतहटका एक युवकका परिवारलाई जीएस समाजसेवा युवा क्लब मलेसियाले आर्थिक सहयोग गरेको छ ।
छातीको समस्याका कारण गत मार्च २९ तारिखमा मृत्यु भएका रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका नरेश रामको परिवारलाई सँगै काम गर्ने सहकर्मी नेपालीहरूले आर्थिक सहायता गरेका हुन् ।
मृतकको परिवारलाई जीवनयापनका लागि सहयोग होस् भन्ने उद्देश्यले मलेसियामा बस्ने नेपालीहरूले चन्दा संकलन गरी नेपाली रुपैयाँ ११ लाख ४५ हजार ८८० रुपैयाँ जीएस समाजसेवा युवा क्लब मलेसियामार्फत सहयोग रकम पठाएका थिए ।
सो रकम मृतकका बुवा माधो राम र आमा मिनादेवी रामलाई नेपाल पत्रकार महासंघ रौतहट सभापति प्रेमचन्द्र झाको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासंघ रौतहटका सभापति झाले संगठनमा नै शक्ति हुन्छ भन्ने देख्न पाइएको बताए ।
कार्यक्रमलाई समापन गर्दै क्लबका वरिष्ठ उपाध्यक्ष मिथुन विराजी यादवले अहिलेसम्म जीएस समाजसेवा युवा क्लब मलेसियाले यस्तै परिवारलाई १ करोडको हाराहारीमा आर्थिक सहयोग गरिसकेको जानकारी गराए ।
रकम हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष अश्विनीकुमार यादव, सहयोग पठाउने आयोजक संस्थाका उपाध्यक्ष विजय जयसवाल, मिथुन विराजी यादव, दिनेश जयसवाल, भुवन कार्की, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा सहितका पत्रकार, स्थानीय भद्रभलामीहरूको उपस्थिति थियो । मुकेश यादवले सञ्चालन गरेको कार्यक्रममा क्लबका उपाध्यक्ष विजय यादवले स्वागत मन्तव्य राखेका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ करोड ६ लाख बिगो दाबीसहित कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । नेपाल, भारत चीनलगायत अन्य देशहरूमा दुर्लभ वन्यजन्तुको छा...
सरकारी स्वामित्वमा रहेका विभिन्न ४४ वटा सार्वजनिक संस्थानमध्ये नेपाल विद्यत् प्राधिकरणले सबैभन्दा बढी नाफा कमाएको छ । प्राधिकरणको गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित नाफा २४ अर्ब रुपैयाँ छ । संस्थाले गत आवमा ३१ प्र...
ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १४ कलंकीमा सु.प.प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बा.प्र.०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई आइतवार दिउँसो ठक्कर दिएको...
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ ।...
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन् । उनी अध्यक्षका अर्का प्रत्यासी चेतनाथ पाण्डेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्कीसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । लागत अनुमान बमोजिम कार्य नभए...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...