२९ जेठ २०८३, शुक्रबार

मलेसियामा मृत्यु भएका रौतहटका रामको परिवारलाई आर्थिक सहयोग

मलेसियामा मृत्यु भएका रौतहटका रामको परिवारलाई आर्थिक सहयोग
प्रतिकात्मक तस्वीर

मलेसियामा मृत्यु भएका रौतहटका एक युवकका परिवारलाई जीएस समाजसेवा युवा क्लब मलेसियाले आर्थिक सहयोग गरेको छ । 

छातीको समस्याका कारण गत मार्च २९ तारिखमा मृत्यु भएका रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका नरेश रामको परिवारलाई सँगै काम गर्ने सहकर्मी नेपालीहरूले आर्थिक सहायता गरेका हुन् ।

मृतकको परिवारलाई जीवनयापनका लागि सहयोग होस् भन्ने उद्देश्यले मलेसियामा बस्ने नेपालीहरूले चन्दा संकलन गरी नेपाली रुपैयाँ ११ लाख ४५ हजार ८८० रुपैयाँ जीएस समाजसेवा युवा क्लब मलेसियामार्फत सहयोग रकम पठाएका थिए । 

सो रकम मृतकका बुवा माधो राम र आमा मिनादेवी रामलाई नेपाल पत्रकार महासंघ रौतहट सभापति प्रेमचन्द्र झाको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासंघ रौतहटका सभापति झाले संगठनमा नै शक्ति हुन्छ  भन्ने देख्न पाइएको बताए ।

कार्यक्रमलाई समापन गर्दै क्लबका वरिष्ठ उपाध्यक्ष मिथुन विराजी यादवले अहिलेसम्म जीएस समाजसेवा युवा क्लब मलेसियाले यस्तै परिवारलाई १ करोडको हाराहारीमा आर्थिक सहयोग गरिसकेको जानकारी गराए । 

रकम हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष अश्विनीकुमार यादव, सहयोग पठाउने आयोजक संस्थाका उपाध्यक्ष विजय जयसवाल, मिथुन विराजी यादव, दिनेश जयसवाल, भुवन कार्की, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा सहितका पत्रकार, स्थानीय भद्रभलामीहरूको उपस्थिति थियो । मुकेश यादवले सञ्चालन गरेको कार्यक्रममा क्लबका उपाध्यक्ष विजय यादवले स्वागत मन्तव्य राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्