काठमाडौँ, २२ भदौ- चुनावको मुखमा पार्टी प्रवेश गर्ने नेता-कार्यकर्ता सैद्धान्तिक रूपमा प्रतिबद्ध भएर नआउने राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल बताउँछन् । पार्टीले पनि आफ्नो दार्शनिक मूल्य/मान्यता, विचारमा सहमत भएर अन्य दलका नेता-कार्यकर्ता आफ्नो पार्टीमा भित्वयाउनेभन्दा पनि चुनावी ‘भोट बैंक' का लागि मात्र भित्वयाउने गरेका छन् ।

चुनावी मुखमा पार्टी फेरबदलमा कुनै सैद्धान्तिक विषयले प्राथमिकता पाउँदैनन् । ‘मान्छेहरू सबैभन्दा पहिले आफू रहेको दलले टिकट नदिएपछि अर्को दलबाट टिकट पाउने लोभमा बार्गेनिङ गरी प्रवेश गर्ने गरेको बढी देखिएको छ', बरालले भने, ‘मौका यही हो भन्ठानेर उनीहरू एक-अर्को पार्टी प्रवेश गरिरहेका हुन्छन् । सैद्धान्तिक आधार केही छैन, व्यक्तिगत लाभका लागि मात्र पार्टी परिवर्तन हुने गरेका छन् ।'
चुनावी मुखमा भित्रिएका नेता-कार्यकर्ता एकै पार्टीमा टिकाउ नहुने पनि बराल बताउँछन् । ‘यो टिकाउ हुँदैन, अन्नपूर्ण पोस्टमा खबर छ । पार्टीले चुनावमा भोट तान्न जसलाई पनि पार्टीमा हुल्ने संस्कार छ', उनले भने, ‘सैद्धान्तिक आधार नहुने, प्रतिबद्धता नहुने र आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र पार्टी फेर्नेहरू कसरी टिकाउ हुन्छन् ? जता अवसर पाउँछन्, उत्तै दौडिहाल्छन् ।' एमालेले वीरगन्ज महानगरपालिकामा मेयर उम्मेदवार बसुरुद्दिन अन्सारी यस्तैमध्येका एक हुन् ।
दोस्रो संविधानसभा निर्वाचनको मुखमा उनी एमालेबाट माओवादी प्रवेश गरेका थिए । तर, अहिले उनी फेरि वीरगन्ज महानगरको मेयरको ‘टिकट' लिएर एमालेमै फर्केका छन् ।