
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी गरिएको दाबी गरेकी छन् । प्रेस सेन्टर नेपालको १९औं केन्द्रीय सधारण सभा तथा २१औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध काम गर्दा घेराबन्दी भएको दाबी गरेकी हुन् ।
सरकारको प्रवक्ता समेत रहेकी उनले विगतमा हालीमुहाली गरेकाहरूले घेराबन्दी गर्नु स्वाभाविक भएको बताइन् ।
संसदमा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको उनको दाबी छ ।