
भारतको छत्तीसगढमा एक महिलाले आफ्नो बुवासँग मिले श्रीमानको हत्या गरेकी छन् । छत्तीसगढको दुर्ग जिल्लामा महिला(कविता साहू)ले आफ्नो बुवासँग मिलेर श्रीमान(अभिषेक नायक)को हत्या गरेकी हुन् ।
प्रहरीले ती महिला र उनका बुवालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आरोपित महिलाले आफू श्रीमान्बाट हैरान भएकोले छुटकारा पाउन हत्या गरेको बयान दिएकी छन् ।
समाचारमा जनाइएअनुसार उनीहरूको चार वर्ष पहिले प्रेम विवाह भएको थियो । अभिषेक मादक पदार्थ सेवन गर्ने गर्थे । उनको एउटा छोरा समेत छन् ।
तर, चोरी मामलामा अभिषेक जेल गएपछि ती महिलाले अर्को युवकसँग बिहे गरेकी थिइन् ।
उनी जेलबाट छुटेपछि श्रीमतीले हत्या गरेको समाचारमा उल्लेख छ ।