२८ जेठ २०८३, बिहीबार

फिल्म ‘बहाव’को थाइल्याण्ड भ्रमण अफरको विजेता छनोट

फिल्म ‘बहाव’को थाइल्याण्ड भ्रमण अफरको विजेता छनोट

फिल्म ‘बहाव’ले घोषणा गरेको थाइल्याण्ड भ्रमण अफरको विजेता पाल्पा घर भई हाल बुटवलमा बस्ने विद्या न्यौपाने भएकी छन् । यो फिल्म गत चैत २४ गते रिलिज भएको थियो । 

राजधानीमा शुक्रवार एक कार्यक्रमबीच फिल्मकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गरेकी हुन् । विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पुरस्कार स्वरूप पाएकी छन् । 

यसअघि निर्माण पक्षले पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव फिल्मको टिकट खल्ती एप मार्फत काट्नुपर्ने र खल्ती एपबाट फिल्मको टिकट काटेर फिल्म हेर्ने एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्याण्डको टुर प्याकेजको घोषणा गरेको थियो । 

एमडी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले ‘वहाब’को प्रमोसनमा जोडिन र अहिले विजेता घोषणा गर्न पाउँदा खुशी लागेको बताइन् । फिल्मले विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्ने जनाएको छ । 

विजेताले विशेष परिस्थितिमा यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछन् । 

श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्म ‘बहाव’मा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । सुरक्षा पन्त, कमलमणि नेपाललगायतका कलाकारको अभिनय फिल्ममा छ ।

salt training

कमेन्ट गर्नुहोस्