
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नयाँ शिराबाट विकासको बहसलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै परियारले नागरिकका जीवनसँग नजोडिने विकास बहसको औचित्य नहुने बताएका हुन् ।
‘विकासको अवधारणा कार्यक्रम दिने बेला हो यो । नयाँ शिराबाट विकासको बहस शुरू गर्नुपर्छ’ उनले भने, ‘विकासको केन्द्रलाई जनतालाई राख्नुपर्छ, जनताको जीवनलाई राख्नुपर्छ । मान्छेलाई बन्धनबाट मुक्त गर्ने विषयलाई केन्द्रमा राखौं । यस्तो भए संविधानले व्यवस्था गरेका विषयलाई कार्यान्वयन गरेर जान सकिन्छ ।’
विद्यालयको भौतिक संरचना बनाउने तर गुणस्तरीय शिक्षा र शिक्षक नदिने व्यवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
सबैभन्दा धेरै भ्रष्टाचार विकासका कार्यक्रम र विकासका परियोजनामा भएको भन्दै उनले नीति कार्यक्रममै भ्रष्टाचारविरोधी अभियान घोषणा गरेर जानुपर्ने बताए ।