२० असार २०८३, शनिबार
भ्रष्टाचारीविरुद्ध अभियान

रविलाई प्रचण्डको जवाफ – मुटु कामेको छैन, झन् दृढ छु

रविलाई प्रचण्डको जवाफ – मुटु कामेको छैन, झन् दृढ छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो मुटुको नकामेको बताएका छन् । 

सरकारको नीति कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्ने बताएका हुन् । 

‘केही सांसदले आशंका गर्दै प्रधानमन्त्रीको मुटु हल्लिएको आशंका गर्नुभयो । मेरो मुटु हल्लिएको छैन । बरु भ्रष्टाचारविरुद्ध काम गर्नमा दृढ छु’ प्रचण्डले भने, ‘दोषीलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध छ । शरणार्थी प्रकरण देशको प्रतिष्ठासँग मात्रै होइन, अन्तराष्ट्रिय चासो पनि जोडिएको छ । यसैले राजनीति विषयभन्दा माथिबाट उठेर यो विषयलाई लिनुपर्छ ।’

यस अघि रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले भ्रष्टाचारीविरुद्ध अभियान छेड्न प्रधानमन्त्रीको मुटु कामेको भन्दै मुटु चेक गर्ने अस्पताल खोज्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्