×

NMB BANK
NIC ASIA

नीति तथा कार्यक्रम पारित

संसदबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ १३, २०८०

NTC
Premier Steels

आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकले सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नेकपा माओवादी, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका दलले नीति तथा कार्यक्रमलाई समर्थन गरे । नीति तथा कार्यक्रम पारित गर्न प्रतिनिधि सभाको बैठक शनिवार राति अबेरसम्म चलेको थियो ।

Muktinath Bank

छलफल सकेर संशोधनलाई निर्णयार्थ पेश गरेपछि सभामुख देवराज घिमिरेले राति साढे ९ बजे नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरेका थिए ।  विपक्षी दलले मतविभाजन नमागेका कारण ध्वनी मतबाटै सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेपनि नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका कारण शनिवार मात्र नीति तथा कार्यक्रम पारित भएको हो । शनिवार बसेको बैठकमा प्रधानमन्त्रीले जवाफ दिएपछि संसद अवरोध हटेको थियो । 


Advertisment
Nabil box
Kumari

त्यसअघि संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाहिर कर्मकाण्डी भनेर आरोप लगाइएपनि सरकारका नीति तथा कार्यक्रमले मुलुकका समस्या समाधान गर्ने दावी गरे । राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भइसकेको छ । 

Vianet communication

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । जेठ १५ गते संसदमा बजेट पेश गर्नुअघि संसदबाट सरकारका नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक दायित्व छ । 

यसैबीच  प्रतिनिधि सभाको अर्को बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि  तय भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x