असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ ।
बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् ।
४ लाख रुपैयाँको लगानीमा स्थापित ‘राधाकृष्ण धार्मिक पुस्तकालय’को हरिहर आश्रम देवघाट आश्रमका पीठाधीश स्वामी महाराज ज्ञानानन्द सरस्वती महाराजले शुभारम्भ गरे । पुस्तकालयमा धार्मिकग्रन्थ, पुस्तकलगायत गरी १ हजार ५०० बढी पठन सामग्री संग्रह गरिएको छ ।
पुस्तकालयका संस्थापक श्रेष्ठले बुवा ताराप्रसाद र आमा पूर्णकुमारीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको बताए । उनले भौतिक संरचना र पुस्तक थप्दै जाने बताए । ‘धार्मिक र आध्यात्मिक पुस्तक थप्दै जान्छौं,’ उनले भने, ‘राधाकृष्ण मन्दिरको एउटा अभिन्न अंगको रूपमा पुस्तकालयलाई विकास गर्ने योजना छ ।’
राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले पुस्तकालयमा धर्म, परम्परा र संस्कृतिसँग सम्बन्धित पुस्तकहरू खोजी–खोजी संग्रह गरिने बताए । उनले श्रेष्ठ परिवारले पुस्तकालयसँगै मन्दिरको भौतिक पूर्वाधार र व्यवस्थापकीय सुधारमा उल्लेखनीय सहयोग पुर्याएको बताए ।
बागलुङ–३ मा अवस्थित राधाकृष्ण मन्दिर हिन्दू धर्मावलम्बीहरूको पवित्रस्थल हो । श्रीकृणाष्टमीलगायत धार्मिक पर्वमा सो मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । स्थानीयवासीले मन्दिरलाई धार्मिक सत्सङ्ग र अनुष्ठानका गर्ने स्थलका रूपमा लिने गर्छन् ।
स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा राधाकृष्ण मन्दिर विकसित भइरहेको बताए । उनले वैदिक धर्म, संस्कृति र पूर्वीय दर्शन तथा सभ्याताको उत्थान एवं प्रसारमा धार्मिक पुस्तकालयले महत्त्वपूर्ण टेवा पुर्याउने बताए ।
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
झापा विद्रोहबारे धेरै सुनिएको थियो । गहिरो अध्ययन गर्ने जाँगर चलेको थिएन अथवा कुनै अवसर पाइएको थिएन । सामान्य जानकारी थियो । भारतको नक्सलवादी विद्रोहबाट युवाहरूमा परेको प्रभावले झापा विद्रोह भएको र सा...
नेपाली साहित्यमा चिरपरिचित नाम हो भरत जङ्गम । यसो त बहुमुखी प्रतिभाका धनी हुन् उनी । पत्रकारिता, वकालत, प्राज्ञिक, धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक आदि धेरै क्षेत्रमा जबरजस्त पकड छ उनको...
नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मंगलवार सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...