प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।
बजेट आउने अघिल्लो दिन अर्थमन्त्रीले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने परम्परा छ ।
यसअघि शनिबार अबेरसम्म बसेको बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्न गरेको थियो ।