०८ असार २०८३, सोमबार

दुर्लभ वन्यजन्तुको कारोबारबाट ५ करोड सम्पत्ति आर्जन, विशेष अदालतमा मुद्दा दायर

दुर्लभ वन्यजन्तुको कारोबारबाट ५ करोड सम्पत्ति आर्जन, विशेष अदालतमा मुद्दा दायर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ करोड ६ लाख बिगो दाबीसहित कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

नेपाल, भारत चीनलगायत अन्य देशहरूमा दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध ओसार–पसार कार्यमा संलग्न रसुवाका लामाविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

२०७७ कार्तिक १७ गते रसुवा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा २०७८ वैशाख २२ गते मुद्दाको फैसला हुँदा उनलाई ७ वर्ष कैद सजाय तथा १ लाख रूपैयाँ जरिवाना हुने ठहर गरिएको थियो । 

सोही विषयमा शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गर्दा वन्यजन्तुको अखेटोपहार ओसार–पसारबाट प्राप्त अवैध आम्दानीलाई वैध बनाउन विभिन्न क्षेत्रमा लगानी गरेको पाइएको थियो ।

अवैध सम्पत्तिलाई वैध देखाउनका लागि उनले ऋण तिरेको, सवारी साधन खरिद गरेको, जग्गा खरिद गरेको, घर निर्माण गरेको अभियोग पत्रमा उल्लेख छ ।

उक्त अवैध सम्पत्ति जफत गरी आवश्यक सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्