
काठमाडौं, २२ भदौ — संसारभरि मानिसहरू हजारौं साइट र एप प्रयोग गर्छन् । युजरहरूको ध्यान आफूतर्फ खिच्नका लागि एप कम्पनीहरू तँछाडमछाड गरिरहेका छन् ।

हालै कमस्कोर नामक साइटले १८ देखि ३४ वर्षसम्मका प्रयोगकर्ताहरूलाई अत्यधिक प्रयोग गर्ने साइट र एपहरूका बारेमा बताउन लगायो । हेरौं सर्वेक्षणको नतिजा ः
अमेजन
जेफ बेजोसले शुरु गरेको यो इ–कमर्स कम्पनीले मानिसहरूको जिन्दगी सहज बनाएको छ । यहाँ प्रायः सबैथोक किन्न पाइन्छ ।
जिमेल
धेरैजसो इन्टरनेट प्रयोगकर्ताले जिमेल प्रयोग गर्छन् । जर्मनी र पोल्यान्डमा जिमेललाई गूगलमेल डट् कम प्रयोग गर्छन् ।
फेसबूक
मार्क जुकरबर्गको यो उत्पादनमा संसार नै झुम्मिएको छ ।
मेसेन्जर
मेसेन्जरमार्फत करोडौं मानिस दिनदिनै सन्देश पठाएर सम्पर्कमा बस्छन् ।
युट्युब
युट्युबमा एक अर्बभन्दा बढी भ्यु भइसकेका भिडियोको संख्या नै लगभग ५० पुगिसकेको छ । मानिसहरू युट्युबमा नयाँ नयाँ च्यानल सब्स्क्राइब गरी भिडियो हेर्न रुचाउँछन् ।
गूगल म्याप्स
युजरहरूलाई कुनै पनि लोकेसनमा सजिलै पुग्नका लागि गूगल म्याप अपरिहार्य छ ।
गूगल सर्च
गूगमा दिनदिनै करौडौं सर्च हुने गर्छन् । गूगलसँग भएको इन्डेक्सको आँकडा नै करीब तीन अर्ब छ । यसलाई प्रिन्ट गरियो भने सयौं किलोमिटर लामो कागज आवश्यक पर्छ ।
एप्पल एप स्टोर
एप्पलको एप स्टोर पनि अत्यधिक प्रयोग हुन्छ । यसबाट स्न्यापच्याट सर्वाधिक डाउनलोड हुन्छ ।
ह्वाट्सएप
सन् २००९ मा ब्रायन एक्टन र ज्यान कूमले शुरु गरेको ह्वाट्सएप शुरु गरेका थिए । अहिले यो च्याट र मेसेज भाइरलका लागि सर्वाधिक प्रयोग हुने एप हो ।
इन्स्टाग्राम
फोटो र भिडियो पोस्ट गर्न मिल्ने यो एपमा सेलिना गोमेजका फलोअर्स सबभन्दा धेरै छन् । एघार करोडभन्दा बढी मानिसले उनलाई फलो गर्छन् ।
एजेन्सी