२१ असार २०८३, आइतबार

सिडेनको अध्यक्षमा लक्ष्मण केसी विजयी

सिडेनको अध्यक्षमा लक्ष्मण केसी विजयी

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन् । उनी अध्यक्षका अर्का प्रत्यासी चेतनाथ पाण्डेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनलाई महामन्त्री गगन थापासहित संस्थापन इतर समूहका इन्जिनियरहरुको समर्थन रहेको थियो । 

अध्यक्ष केसीले एक हजार छ सय १९ मत र पाण्डेले एक हजार ६२ मत प्राप्त गरेको निर्वाचन अधिकृत शुक्रराज पौडेलले जानकारी दिए । 

यस्तै, उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमनबहादुर खड्का, उपमहासचिवमा सुशील लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् । 

यसैगरी, सदस्यमा उपेन्द्र महरान, राहुल मिश्र, जगदीश नेपाल, सन्दीप वाग्ले, नवीन बस्नेत, दीपक पौडेल, शेखरनाथ चापागाईं, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थी विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्