×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

जेठ १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
टिकापुर घटनाका दोषी रेशम चौधरी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । 
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीलाई उच्च अदालतको फैसलाअनुसार सर्वोच्च अदालतले जन्मकैदको सजाय सदर गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bank

तर, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार मात्रै राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय गरेका थिए । 
००००
गणतन्त्र दिवसका अवसरमा आइतबार राष्ट्रपति पौडेलले रेशम चौधरी, टोपबहादुर बुढासमेत १९ जनालाई आममाफी दिएका थिए ।
००००
यसैबीच रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा रिट बोकेर सर्वोच्च अदालत पुगेकी हुन् । बोहराले रिट सर्वोच्च अदालतमा पेश गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जानकारी दिइन् । आइतबार समयाभावले सो दर्ता हुन नसकेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सोमबार सार्वजनिक बिदा भएकाले अब मंगलबारमात्रै दर्ता हुने बताइएको छ । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उनले आफ्नो आसन्न भारत भ्रमणलाई फलदायी बनाउने सन्दर्भमा सुझाव लिएका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला तल्लो अरुण जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता हुने भएको छ । प्रचण्डको भारत भ्रमणअघि आइतवार बसेको लगानी बोर्डको बैठकले उक्त जलविद्युत आयोजनाको पीडीए मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्ड बुधवार भारत भ्रमणमा जाँदै छन् ।
००००
चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा देशैभर जम्मा १०४ किलोमिटर मात्रै निर्माण भएको छ । 
सरकारले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षणअनुसार ८ महिना (साउन–फागुन)सम्म एक सय किलोमिटर मात्रै नयाँ सडक बनेको तथ्य सार्वजनिक भएको हो ।
००००
सरकारी स्वामित्वमा रहेका विभिन्न ४४ वटा सार्वजनिक संस्थानमध्ये नेपाल विद्यत् प्राधिकरणले सबैभन्दा बढी नाफा कमाएको छ । प्राधिकरणको गत आर्थिक वर्ष २०७८–७९ सम्मको सञ्चित नाफा २४ अर्ब रुपैयाँ छ । संस्थाले गत आवमा ३१ प्रतिशत नाफा कमाएको थियो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७८–७९ को एक वर्षमै १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यो संस्थाले पछिल्लो ५ वर्षमा लगातार नाफा कमाउँदै गएको छ ।
००००
शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा पुगेको छ ।
००००
सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङ निवासी अनिता ढुङ्गानालाई नियुक्त गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुङ्गानालाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।
००००
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन् ।
 उनी अध्यक्षका अर्का प्रत्यासी चेतनाथ पाण्डेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनलाई महामन्त्री गगन थापासहित संस्थापन इतर समूहका इन्जिनियरहरुको समर्थन रहेको थियो ।
००००
सिंहदरबारमा धर्ना बसेका १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । मानव अधिकार तथा शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरेको धर्नाबाट कृष्ण पहाडीसहितका १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
००००
संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएको छ।
समितिमा प्रतिनिधित्वका लागि प्रतिनिधिसभाबाट सांसदहरू मनोनीत भएसँगै समितिले पूर्णता पाएको हो ।
००००
कोशी प्रदेशको नामकरण विषयमा असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच आइतबार झडप भएको छ । विराटनगरस्थित देवकोटा चोकमा आइतवार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । 
आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडपको स्थिति बनेको प्रहरीले जनाएको छ । प्रदर्शनका कारण दिनभर विराटनगर तनावग्रस्त बन्यो । 
००००
एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा घरेलु टिम नेपाल तेस्रो बनेको छ। उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै नेपालले तेस्रो स्थान हात पारेको छ । नेपालले उज्वेकिस्तानलाई २५–२०, १६–२५, १५–२५ र १३–२५ को सेटमा पराजित गरेको हो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x