
शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने तय भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दशरथ रंगशालामा पहिलो खेल दिउँसो तीन बजेदेखि खुमलटार र हिमालयन शेर्पाका बिचमा हुनेछ ।
यसैगरी रंगशालामै साँझ ६ बजेदेखि नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् ।