१९ असार २०८३, शुक्रबार

‘द कपिल शर्मा शो’ दुई महिनापछि आउँछ : किकु शारदा

कात्तिक २०, २०७४
‘द कपिल शर्मा शो’ दुई महिनापछि आउँछ : किकु शारदा

काठमाडौं, २२ भदौ — द कपिल शर्मा शोमा बम्पर र बच्चा यादवको भूमिका निर्वाह गरेर दर्शकलाई हँसाउने किकु शारदाले दुई महिनापछि शो फेरि टीभीमा आउने बताएका छन् ।


किकुका अनुसार शोको पूरै टीमले विचारविमर्शपश्चात् दुई महिनाको ब्रेक लिएका हुन् । दुई महिनापछि भने नयाँ जोशका साथ कुनै पनि ब्रेक नलिइकन शो आइरहने उनले बताए ।

किकुले भने, ‘कपिल शर्माले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने भएको थियो । कपिल असाध्यै खटेर काम गर्छन् त्यसैले उनको स्वास्थ्यमा समस्या आउनु स्वाभाविक छ । हामी सबैले कपिललाई माया गर्ने भएकाले उनलाई दुई महिनाको ब्रेक लिन भन्यौं । उनी ठीक भएपछि पूरै टीमसहित फेरि टीभीमा फर्किनेछौं ।’

पछिल्ला केही दिनमा कपिलले स्वास्थ्य खराब भएका कारण लगातार शोको शूटिङ रद्द गर्नुपरेको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्