११ असार २०८३, बिहीबार

गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ : माधव नेपाल

गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा उनले जनताको चाहनाअनुसार शासन व्यवस्था लोकतन्त्रको विकल्प नरहेको बताएका हुन् । लोकतन्त्रमा मात्रै देश विकास तथा समृद्धि कायम गर्न सकिने उनको विश्वास छ । ‘निरङ्कुश तन्त्रविरुद्ध जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्छ’ उनले भनेका छन् ।

राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

समाजवादमा सामाजिक न्याय र समानतासहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन् । सुशासन कायम गर्न संस्थागत बेथिति र  भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।

salt training

कमेन्ट गर्नुहोस्