१७ असार २०८३, बुधबार

हत्केलामा यस्ता चिह्न देखिन्छ ? समुद्रशास्त्रअनुसार धनी हुने लक्षण हो यो !

कात्तिक २०, २०७४
हत्केलामा यस्ता चिह्न देखिन्छ ? समुद्रशास्त्रअनुसार धनी हुने लक्षण हो यो !

काठमाडौं, २२ भदौ — कर्मबाट भाग्य बदल्न सम्भव छ तर भाग्य बलियो छ भने कर्म गर्न दुईगुणा बढी उत्साह आउँछ ।

लक्षणशास्त्र वा सामुद्रिक शास्त्रमा व्यक्तिका शारीरिक अंगहरूको बनावट र मुद्रा हेरेर शुभ वा अशुभ प्रभावको बारेमा चर्चा गरिएको छ । यहाँ हामी पुरुषहरूको त्यस्तो चिह्नका बारेमा कुरा गर्नेछौं जसको उपस्थितिले उनीहरूको जीवनमा सफलता तथा धन अवश्य छ भन्ने देखाउँछ ।


ध्वजा

कुनै व्यक्तिको हत्केलामा ध्वजाको चिह्न बनेमा ऊ जीवनमा अत्यन्तै धनी हुन्छ भनी बुझ्नुपर्छ । ऊ गरीब परिवारमै जन्मेको भएपनि आफ्नै बलबूतामा उसले विशेष लाभ प्राप्त गर्छ ।


बूढी औंलामा जौको चिह्न

पुरुषको बूढी औंलामा जौको चिह्न अति भाग्यशाली मानिन्छ । यस्तो व्यक्ति आफ्नो प्रयासबाट अत्यन्तै धनी हुन्छ । यही चिह्न हत्केलाको बीच भागमा छ भने व्यक्तिलाई अत्यन्तै उच्च गुण भएको सन्तानप्राप्ति हुन्छ जसका कारण नै उसले धन र प्रसिद्धि प्राप्त गर्छ ।


हत्केलामा रेखाको गहिराइ

हत्केलामा हलुका रेखाहरू छन् भने रोगकारक र दुर्भाग्यशाली मानिन्छन् । ठीक विपरीत गुलाबी रंगको गहिरो रेखा हत्केलामा छ भने शुभ हुन्छ । यस्तो रेखा भएको अनि अर्को रेखाले नकाटेको छ भने व्यक्ति अत्यन्तै भाग्यमानी हुन्छ । उसलाई आफ्नो सबै काममा सफलता प्राप्त हुन्छ र जीवनमा धेरै उन्नति गर्छ ।


औंलाको बनावट

तपाईंका औंला लामा र सिधा छन् भने तपाईंसँग प्रशस्त धन हुनेछ । कुनै व्यक्तिले अञ्जुलि बनाउँदा बीचमा सानो प्वाल देखियो भने उसले सधैं आर्थिक समस्या भोगिरहन्छ । तर यसरी अञ्जुलि बनाउँदा खाली ठाउँ देखिएन भने व्यक्तिले अवश्य धन जुटाउँछ र सम्पन्नता प्राप्त गर्छ । यस्तो व्यक्ति सफल व्यापारी हुन्छ ।


शुभ चिह्न

हत्केलामा चक्र, तरवार, विष्णु चिह्न, तोमर, त्रिशूल र धनुषमध्ये एक चिह्न भएमा उक्त व्यक्ति उच्च सरकारी कर्मचारी हुन्छ । उसको जीवनमा धन वैभव र सम्पत्तिको कमी रहँदैन । यस्ता व्यक्ति पराक्रमी हुन्छन् र समाजसेवा पनि गर्छन् । मन्दिर र त्रिकोण चिह्न भएका मानिस आध्यात्मिक हुन्छन् र उनीहरूलाई समाजमा उच्च सम्मान प्राप्त हुन्छ । उनीहरूको परिवार पनि सम्पन्न हुन्छन् ।

भारतीय वेबसाइटबाट

salt training

कमेन्ट गर्नुहोस्