![बजेटको आकार ४२ अर्बले घट्यो, १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक [पूर्णपाठसहित]](https://lktcdn2.prixacdn.net/media/RS-KTM-DrMahatb_dcALbIlT9x.jpg)
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटको आकार घटाएको छ ।
सरकारले ४२ अर्ब रुपैयाँले बजेटको आकार घटाएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छन् ।
यस्तो बजेट चालू आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको थियो । यो बजेट खर्च हुन नसक्ने भन्दै अर्थमन्त्री महतले नै चालू आवको अर्थवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ बनाएका थिए ।
अर्थमन्त्री महतले चालू आवमा देखिएको अर्थतन्त्रको संकुचन र विश्वव्यापी आर्थिक मन्दीको असर आन्तरिक अर्थतन्त्रमा परेकाले बजेटको आकार घटाएका थिए ।