×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेशमा कानून निर्माण प्रभावकारी, कार्यान्वयन फितलो

जेठ १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विक्रम संवत् २०६५ जेठ १५ गते संविधान सभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । 

Muktinath Bank

दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको अवधिमा संविधान कार्यान्वयनकै प्रक्रियामा रहेको छ । संविधान कार्यान्वयका क्रममा यस अवधिमा अहिले जनप्रतिनिधिमूलक निकाय संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका दोस्रो कार्यकालका लागि निर्वाचन सम्पन्न भएका छन् । निर्वाचनपश्चात ३ वटै तहमा दोस्रो कार्यकालका लागि सरकार गठन भएर शासन सञ्चालनमा रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधान कार्यान्वयका लागि ३ तहका सरकारले विभिन्न कानुन निर्माण र कार्यान्वयन गर्ने प्रयास गरे पनि संविधानअनुसार निर्माण हुनुपर्ने थुप्रै ऐन, कानून र नियम निर्माणमा ढिलाइले जनताका अधिकार स्थापित हुन सकेका छैनन् । कतिपय निर्माण गरिएका ऐन कानून संविधान, ऐन, कानूनसँग बाझिएका कारण पनि कार्यान्वयनमा समस्या परेको छ । यसका साथै निर्माण गरिएका कानुन आवश्यक नियमावली समयमा बन्न नसक्दा कार्यान्वयन पक्ष फितलो बनेका छन् । 


Advertisment
Nabil box
Kumari

नेपालको संवैधानिक व्यवस्था बमोजिम संविधान कार्यान्वयनको क्रममा संघीय संरचनाअन्तर्गत बनेको लुम्बिनी प्रदेशको पहिलो प्रदेश सभाको दुईतिहाइ सदस्यले राजनैतिक स्थायित्वका लागि संवैधानिक व्यवस्थाअनुसार स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) र प्रदेशको नामकरण लुम्बिनी तोक्ने काम सम्पन्न गरिसेका छन् । 

Vianet communication
Laxmi Bank

प्रदेश सभाले प्रदेश सरकार र स्थानीय तहका लागि संविधानको अनुसूची ६, ७ र ९ मा व्यवस्था गरेअनुसार कानून निर्माण गर्ने व्यवस्था छ । ती अनुसूचीमा भएको व्यवस्थाअनुसार कानून निर्माणमा अनुसूची ६ मा प्रदेशको एकल अधिकारका कानून निर्माणमा प्रदेश सभालाई जति सजिलो भए पनि अनुसूची ७ मा रहेको संघ र प्रदेशका साझा अधिकारका कानून निर्माणमा र अनुसूची ९ मा रहेको संघ, प्रदेश र स्थानीय तहका अधिकारका साझा सूचीका कानून निर्माणमा संघले समयमै कानून निर्माण नगरेकाले प्रदेश सभालाई कानून निर्माणमा समस्या देखिएको छ ।

मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेशमा प्रदेश सभाले कानून निर्माणको भूमिका निर्वाह गरेको छ । संसदीय प्रणालीको प्रचलित अभ्यासअनुसार प्रदेश सभाले प्रदेशमा प्रदेश सरकार गठन गर्ने, विधेयक पारित गर्ने, प्रदेश सरकारको नीति कार्यक्रम र बजेट पारित गर्ने, सरकार तथा सरकारी निकायको संसदीय निगरानी तथा नियन्त्रण जस्ता प्रमुख जिम्मेवारी बहन गर्दै आएको छ ।

लुम्बिनी प्रदेश सभाले हालसम्म संविधानले व्यवस्था गरेअनुसार अनुसूची ६ अनुसार एकल अधिकारी सूचीका कानून, ७ मा रहेको संघ र प्रदेशका साझा अधिकार सूचीका कानून र अनुसूची ९ मा रहेको संघ, प्रदेश र स्थानीय तहका अधिकारका साझा सूचीका कानून गरी विभिन्न आर्थिक वर्षको प्रारम्भमा सरकारले ल्याउने बजेटसँग सम्बन्धित अर्थ विधेयक र केही संशोधित कानूनसहित ७२ कानुन निर्माण गरेको छ ।

यी कानून सबै प्रदेश सभाको पहिलो कार्यकालमा बनेका हुन् । प्रदेश सभाको पहिलो कार्यकालले बनाएका ७२ विधेयकमध्ये ५५ मूल कानून र अन्य कतिपय संशोधन विधेयक र सांगठनिक विधेयक रहेका लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।

सरकारले प्रदेश सभामा प्रस्तुत गरेका विधेयक अधिकांश आवश्यकताकै आधारमा आएको र प्रदेश सभामा आएका विधेयक विषयगत समितिमा आवश्यकताका आधारमा विज्ञसँगको छलफलसहित आउने भएकाले धेरै कानून कार्यान्वयनमा पनि प्रभावकारी नै हुने उनले बताए ।

नेपालको संविधान २०७२ को धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रहरी संगठन रहने व्यवस्था गरेको छ । सोहीअनुसार लुम्बिनी प्रदेशले प्रदेश प्रहरी ऐन बनाएको १ वर्ष हुन थालेको छ । असार १५ गते प्रदेश प्रहरी ऐन ल्याएको लुम्बिनी प्रदेश सरकार सो ऐन कार्यान्वयनका लागि संघीय सरकारबाट प्रहरी समायोजन कहिले होला भन्दै कुर्नुपरेको प्रदेश सरकार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयकी कानून अधिकृत सीता घिमिरे बताउँछिन् । प्रदेशमा सुरक्षाको प्रत्याभूति दिलाउन ऐन प्रभावकारी हुने भए पनि प्रहरी समायोजन नहुँदा ऐनअनुसार प्रदेश सरकार मातहत प्रहरी आउन सकेको छैन ।

उनी संघीय सरकारले प्रहरी समायोजन नगर्दासम्म प्रदेशले ऐन बनाएपनि कार्यान्वयन हुन नसक्ने बताउँछिन् ।

प्रदेश सरकारले प्रदेशमा सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९ निर्माण भएको पनि करीब १ वर्ष बितेको छ । यो ऐन कार्यान्वयनका लागि हालसम्म विनियमावली बन्न सकेको छैन । सरकारले ऐन अनुसार प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्ष र सदस्य नियुक्ति गरे पनि मुख्य कार्यकारी जिम्मेवारी रहेको रजिस्ट्रार नियुक्त हुन नसक्दा ऐन कार्यान्वयन प्रभावकारी बन्न नसकेको कानून अधिकृत घिमिरे बताउँछिन् ।

उनका अनुसार प्रदेश सरकारले अहिलेसम्म बनाएका कानुनमध्ये धेरैजसो सेवा र सुशासनसम्बन्धी ऐन बनेर कार्यान्वयनमा रहेका छन् । वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सडक निर्माण, मर्मत सम्हार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ता कानुन निर्माण हुनु प्रदेश सरकारले सेवा र सुशासनलाई प्राथमिकतामा राखेको देखिन्छ । 

सरकारले मुख्य प्राथमिकतामा राखेर बनाउनुपर्ने राजस्व संकलन सम्बन्धी कानून पहिचान भए पनि बन्न सकेका छैन । राजस्व संकलन सम्बन्धी कानून नबन्दा प्रदेशको राजस्व संकलनमा प्रभाव परेको उनी बताउँछिन् । औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पास भएर प्रमाणीकरण भएका छन् । 

लुम्बिनी प्रदेश सरकारले संविधानमा भएको व्यवस्था बमोजिम कानून निर्माणमा प्रभावकारिता देखाएको छ । यसको कार्यन्वयन पक्ष भने फितलो रहेको प्रदेश सरकारका कानून आयोगमा रहेर काम गरेका अधिवक्ता खुमकान्त पौडेल बताउँछन् । प्रदेश सरकारले आवश्यकताका आधारमा महत्त्वपूर्ण कानून निर्माण गरे पनि प्रदेशमा राजनीतिक अस्थिरताका कारण कार्यान्यवनमा समस्या देखिएको अधिवक्ता पौडेल बताउँछन् । ‘आवश्यकताका अनुसार प्राथमिकताका आधारमा ऐन बनेका छन् तर कार्यान्वयन गर्ने पक्षको इच्छाशक्तिको कमीले धेरै कानून काम चलाउन जस्तो बनाइएको छ,’ उनले भने, ‘कानून बनाएको संख्या गणना गर्ने मात्र भयो तर नियमावली नबन्दा काम चलाउन भएका छन् ।’

सेवा प्रभावलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश नम्बर ५, प्रदेश पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, बालबालिकाको हकअधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक जस्ता कानून प्रभावकारी बनेका छन् । 

प्रदेश नम्बर ५ प्रदेश पशु वधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नम्बर ५ पशुस्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नम्बर ५ मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नम्बर ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नम्बर ५ बीउविजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सेवा प्रभावसँग सम्बन्धित रहेका छन् ।

कानून निर्माणका क्रममा सम्बन्धित क्षेत्रका विज्ञहरूको परामर्श र सरोकारवालासँगको छलफल हुनुपर्ने लेखक युवराज कँडेलले बताउँछन् । प्रदेशमा निर्माण भएका दुईतिहाइ कानून त सरकार सञ्चालनसँग सम्बन्धित जनतासँग प्रत्यक्ष सरोकार नभएका कानून रहेका उनको भनाइ छ । ‘जनतासँग जोडिएका विषयमा कानून नबन्ने, कानून आवश्यकता र अनुसन्धानका आधारमा बनाउनेभन्दा काम देखाउनका लागि मात्र कानून बनाएको देखिन्छ,’ उनले भने, ‘पहिला आवश्यकता के छ भनेर अध्ययन गर्ने, सरोकारवालासँग छलफल गर्ने र त्यसका आधारमा कानून निर्माण नगर्दा कतिपय कानून कार्यान्वयनमै आउन सकेका छैनन् ।’ – भरत केसी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x