०५ असार २०८३, शुक्रबार

सिन्धुलीमा सर्पले डस्दा दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डस्दा दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो ।

ओछ्यानमा सुतिरहेका बालकलाई आज बिहान ३ बजे सर्पले डसेको थियो । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो ।

थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । 

सर्पले ग्रिसलाई बायाँ हातको औंलामा र ग्रिस्मको बायाँ खुट्टामा डसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्