२३ जेठ २०८३, शनिबार

अमेरिका र चीनका रक्षामन्त्रीबीचको भेटघाटको अवसर अस्वीकार गर्‍यो बेइजिङले

जेठ १६, २०८०
अमेरिका र चीनका रक्षामन्त्रीबीचको भेटघाटको अवसर अस्वीकार गर्‍यो बेइजिङले

अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनसँग चिनियाँ समकक्षी ली शाङ्फुले सिंगापुरमा यसै साता भेटघाट गर्ने अवसर आएकोमा बेइजिङले त्यसलाई अस्वीकार गरेको पेन्टागनले जारी गरेको बयानमा उल्लेख छ ।

गत अगस्ट महिनामा अमेरिकी संसद्की तत्कालीन सभामुख न्यान्सी पलोसीले गरेको ताइवान भ्रमण तथा गत फेब्रुअरी महिनामा चिनियाँ गुप्तचर बलून काण्डका कारण दुई देशबीचको सम्बन्ध चिसिएको बेलामा चीनले रक्षामन्त्री स्तरीय भेटघाट अस्वीकार गरेको हो । 

चीनले भेटघाटको निम्तो स्वीकार नगरेको पेन्टागनले जनायो तर उससँगको संवादका लागि प्रयास गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 

त्यसको जवाफमा अमेरिकास्थित चिनियाँ दूतावासले निमन्त्रणको इमान्दारिता तथा महत्त्वका विषयमा प्रश्न उठाएको छ । अमेरिकाले चिनियाँ अधिकारी, संस्था र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको विषयलाई उसले उठाएको छ । 

ली स्वयंलाई सन् २०१८ मा तत्कालीन डोनल्ड ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएको थियो । चीनले रुससँग सु–३५ लडाकू विमान र एस–४०० जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली किनेको भन्दै अमेरिकाले लीमाथि प्रतिबन्ध लगाएको थियो । 

त्यसबाहेक अमेरिकाले चीनमाथि हालैका वर्षमा सिन्ज्याङमा मानवअधिकार उल्लंघन तथा हङकङमा राजनीतिक स्वतन्त्रतामाथिको बन्देज लगायतका कारण देखाउँदै अनेकौं प्रतिबन्ध लगाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्