२७ असार २०८३, शनिबार

सांसदहरुलाई लोकसेवा अध्यक्ष मैनालीको अनुरोध - नयाँ भर्ना रोक्दै नरोकौं

कात्तिक २०, २०७४
सांसदहरुलाई  लोकसेवा अध्यक्ष मैनालीको अनुरोध - नयाँ भर्ना रोक्दै नरोकौं

काठमाडौं, २२ भदौ - लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले संसदीय समितिमा गएर कर्मचारीकाे नयाँ पदपूर्ति रोक्न नहुने बताएका छन् । उनले संसदको राज्य व्यवस्था समितिमा पुगेर लोक सेवाको नयाँ भर्नालाई बगिरहेको नदीसँग तुलना गर्दै बगिरहेको नदीकाे बहाबलाई रोक्न नहुने बताए ।

उनले अघिल्लो वर्ष ६ लाख युवाहरुले लोकसेवाले मागेको विज्ञापनमा आवेदन भरेको समेत सांसदहरुलाई स्मरण गराए । उनले सांसदहरुलाई राजनीतिक तहमै यसबारेमा निक्र्योल हुनु पर्ने बताए । उक्त समितिमा कर्मचारी समायोजन विधेयमाथि छलफल भइरहेको छ ।

मैनालीले सरकारलाई कर्मचारी समायोजनामा समस्या भएमा नयाँ भर्ना गर्ने कर्मचारीहरुलाई स्थानीय तह वा प्रदेशमा जाने गरि भर्ना गर्न सकिने बताए । सरकारलाई आफूहरुले समायोजनमा सहयोग हुने गरि विज्ञापन खुलाउन सक्ने उनले बताए । तर लोकसेवाको भर्ना चाहिँ रोक्न नहुने उनको भनाई छ ।

लोकसेवाको भर्ना रोकमा युवाहरु विदेश पलायन हुने र युवाहरु वितृष्णा बढ्ने समेत उनले बताए । कर्मचारी समायोजन विधेयकमा एक वर्षसम्म नयाँ भर्ना नगर्ने प्रस्ताव गरिएको छ । तर मैनालीले सुरुवाती चरणदेखि नै कर्मचारी भर्ना रोक्न नहुने बताएका थिए । उनले बुधवार संसदमा पुगेर पनि सांसदहरुलाई भर्ना नरोक्नका लागि 'कन्भिन्स' गर्ने कोशिश गरे ।

salt training

कमेन्ट गर्नुहोस्