२६ जेठ २०८३, मंगलबार

जापानले गर्मीका कारण हुने मृत्यु आधा घटाउने

जेठ १६, २०८०
जापानले गर्मीका कारण हुने मृत्यु आधा घटाउने
प्रतिकात्मक तस्वीर

जापान सरकारले मंगलवार ५ वर्षे कार्ययोजना लागू गरेको छ ।

गर्मीका कारण विगत ५ वर्षमा वार्षिक औसत १ हजार २९५ जनाको निधन हुने गरेकामा सन् २०३० सम्ममा  त्यस्ता मृत्युको संख्या आधा घटाउने लक्ष्य राखिएको छ ।

मन्त्रिपरिषद्द्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानून परिमार्जन गरिएको छ । 
  
योजनाअन्तर्गत सरकारले वृद्धवृद्धालाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न पनि आह्वान गर्ने योजनामा समावेश छ । अत्यधिक गर्मीयाममा वृद्ध र अपाङ्गता भएका व्यक्तिहरू लक्षित विशेष योजना ल्याइनेछ ।
  
विगत ५ वर्षमा गर्मीका कारण हुने मृत्युमध्ये ८० प्रतिशतभन्दा बढी ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू हुने गरेको पाइएको छ । घरभित्रै मृत्यु भएकामध्ये करीब ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न र बालबालिकालाई स्कूल बसमा आवश्यक मापदण्ड नपुगी यसै छोड्न नदिन विभिन्न उपायहरू प्रवर्द्धन गर्न पनि सहयोग गर्ने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्