
पूर्वकप्तान एवं नेपाली क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछाने विश्वकप छनोटअघिको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् ।
उनले टीमका बाँकी सदस्यलाई सामाजिक सञ्जालमार्फत शुभकामनासहित बिदाइ गरेका छन् ।
१९ दिनपछि (१८ जुनबाट) जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटअघि तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान गर्न लागेको हो ।
नेपाली टोली आजै राति त्यसतर्फ प्रस्थान गर्नेछ । त्यहाँको हावापानी र पिचसँग अभ्यस्त हुनका लागि नेपाली टोली २ साताअघि नै प्रस्थान गर्न लागेको हो ।
काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप जिम्बाब्वे नगएका हुन् । यसबीचमा उनको मुद्दाको साप्ताहिक पेशी पर्छ ।
मुद्दाको अन्तिम किनारा लागेर सफाइ पाएमा सन्दीप सिधै जिम्बाब्वे जानेछन् ।
हेर्नुहोस्, सन्दीपको स्टाटस :